काठमाडौं - साफ महिला च्याम्पियनसिप २०२४ को तयारी अन्तिम चरणमा पुगेको छ ।

तयारी बारे आज पत्रकार सम्मेलन गर्दै एन्फा उपाध्यक्ष तथा प्रतियोगिता संयोजक दीपक खतिवडाले प्रतियोगिता सम्बन्धी तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को तालिका अनुसार अखिल नेपाल फुटबल सङ्घले प्रतियोगिता यही कार्तिक १ देखि १४, गतेसम्म दशरथ रङ्गशालामा आयोजना गर्दैछ। 

प्रतियोगितामा नेपाल लगायत भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भुटान र बङ्गलादेशले सहभागिता जनाउने छन् ।

एन्फाले हान २७ जना खेलाडीहरू बन्द प्रशिक्षणमा राखेको छ ।