काठमाडौं - हाइटीको एउटा सानो सहरमा एक सशस्त्र समूहले गरेको आक्रमणमा परी बालबालिकासहित कम्तीमा ७० जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार राजधानी पोर्ट–ओ–प्रिन्सबाट करिब ७१ किलोमिटर उत्तर–पश्चिममा रहेको मध्य आर्टिबोनाइट क्षेत्रमा ग्रान ग्रिफ समूहका सदस्यले पोन्ट–सोन्डेमाथि आक्रमण गर्दा १६ जना गम्भीर घाइते भएका छन् ।

एक सरकारी अभियोजकले उक्त आक्रमणलाई 'नरसंहार' को संज्ञा दिएका छन् ।

सशस्त्र गिरोहहरूले हाइटीको ठूलो भागलाई आफ्नो नियन्त्रणमा लिएका छन् ।