काठमाडौं - इजरायलले दक्षिणी लेबनानका प्रमुख शहर नाबातीहलगायत अन्य ठाउँहरुमा मानिसहरूलाई आफ्नो घर खाली गर्न चेतावनी दिएको छ।

इजरायलले यसै हप्ता दक्षिणी बेरुतका भूभागमा आक्रमण सुरु गरेको छ । दक्षिणी बेरुतमा रहेको हिजबुल्लाहको गढमा नयाँ विस्फोटको आवाज सुनिएको समाचार बीबीसीले उल्लेख गरेको छ ।  इजरायलले गुप्तचर मुख्यालयमा आक्रमण गरेको बताएको छ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले लेबनानमा पछिल्लो २४ घण्टामा २८ जना स्वास्थ्यकर्मीको मृत्यु भएको जनाएको छ ।

लेबनानी अधिकारीहरुका अनुसार गत वर्षको अक्टोबरयता इजरायली आक्रमणमा परी १२७ बालबालिकासहित १ हजार ९ सय ७४ जनाको मृत्यु भएको समाचार छ ।