काठमाडौं - थाइल्याण्डमा  विद्यार्थी चढेको बस दुर्घटना हुँदा २० जना बालबालिका र तीन जना शिक्षकको मृत्यु भएको छ ।

उक्त बस थाइल्याण्डको उत्तरी भागको स्कूल ट्रिप पछि थाई राजधानी फर्कंदै थियो।

दुर्घटनापछि बसमा आगोको लागेको र ओभरपासमुनि जलिरहेको अवस्थामा रहेको समाचारमा उल्लेख छ । बसमा आगोलागीको कसरी भयो भन्ने कारण खुल्न सकेको छैन ।

१९ जना बालबालिका र तीन जना शिक्षक सकुशल रहेको बताईएको छ । जसमध्ये १६ जनाको उपचार भइरहेको छ ।