काठमाडौं - इरानले इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेको छ ।

इजरायलमा हवाई आक्रमणको साइरन बजिरहेको समाचार छ । सर्वसाधारणलाई आश्रय लिन समेत भनिएको छ ।

इरानको रिभोल्युसनरी गार्ड्सले गत हप्ता हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह र यसै वर्षको सुरुमा हमासका नेता इस्माइल हनियाको हत्याको प्रतिक्रिया स्वरूप इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरिएको जनाएको छ ।

इजरायली सेनाले लेबनानमा आक्रमण गरेको छ ।  जसलाई इजरायली सेनाले हिजबुल्लाहविरुद्ध अपरेसन भनेको छ।

अहिलेसम्म कुनै झडप भएको छैन तर सेनाका प्रवक्ताले लेबनानका करिब २५ गाउँका बासिन्दालाई खाली गर्न निर्देशन दिएको मङ्गलबार बिहान एक इजरायली सुरक्षा अधिकारीले बताएको बीबीसीले उल्लेख गरेको छ ।

लेबनानका प्रधानमन्त्रीले आफ्नो देशले 'सबैभन्दा खतरनाक चरण'को सामना गरिरहेको र १० लाख मानिस विस्थापित भएको बताएका छन् ।