काठमाडौं - जापानको सत्तारुढ दलको नयाँ नेतामा निर्वाचित भएको तीन दिनपछि नै भावी प्रधानमन्त्री शिगेरु इशिबाले अक्टोबर २७ मा मध्यावधि निर्वाचनको घोषणा गरेका छन् ।

निवर्तमान प्रधानमन्त्री फुमियो किशिदालाई हटाएर लिबरल डेमोक्र्याटिक पार्टी एलडीपीको प्रमुखमा नियुक्त भएका ६७ वर्षीय इशिबाले अन्य आठ उम्मेदवारको तुलनामा बढी मत प्राप्त गरेका छन् ।

एलडिपीसँग संसदीय बहुमत रहेकाले इशिबालाई भोली संसदले प्रधानमन्त्रीका रुपमा अनुमोदन गर्नेछ ।

निर्वाचन हुन एक वर्षभन्दा बढी समय बाँकी रहँदा संसद्को तल्लो सदनमा कुन दलको नियन्त्रण छ भन्ने निर्णय हुनेछ । शुक्रबार  चुनाव जितेपछि इशिबाले जापानको अर्थव्यवस्थालाई पुनर्जीवित गर्ने, सुरक्षा खतरालाई सम्बोधन गर्ने बताएका थिए ।