काठमाडौं - इजरायली आक्रमणपछि हिजबुल्लाहले आफ्ना नेता हसन नसरल्लाहको मृत्यु भएको पुष्टि गरेको छ ।

इजरायलले हत्या गर्ने डरले वर्षौंदेखि सार्वजनिक स्थलमा नदेखिएका नसरल्लाह मध्यपूर्वका सबैभन्दा चर्चित र प्रभावशाली व्यक्तित्व मध्ये एक थिए ।
दक्षिणी बेरुतमा हवाई आक्रमण जारी छ ।

शुक्रबार लेबनानी अधिकारीहरूले हवाई आक्रमणमा ६ जनाको मृत्यु भएको र ९१ जना घाइते भएको बताईएको छ ।

स्थानीय अधिकारीहरूले सोमबारदेखि लेबनानमा इजरायली आक्रमणमा करिब ८ सय जनाको मृत्यु भएको बताएका छन् ।