काठमाडौं - आईसीसी विश्वकप क्रिकेट-२ अन्तर्गत नेपाल र ओमान बीचको खेल बर्षाका कारण रद्द भएको छ । खेल रद्द गरिएसंगै दुवै टीमले एक एक अंक बाडेका छन् ।  

विश्वकप क्रिकेटमा खराब सुरुआत गरेको नेपाल घरेलु टोली क्यानडासँग दुई र ओमानसँग एक खेल पराजित भएको थियो ।

एक दिवसीय सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग एक सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

यस्तै नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटले हार बेहोरेको थियो भने तेस्रो खेलमा पनि क्यानडासँग पाँच विकेटले पराजित भएको थियो ।