काठमाडौं - सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ आज स्वदेश फर्कनुभएको छ ।

चीनको हान्झाउमा आयोजित २० औँ एसिया सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामा लगायत खेल पदाधिकारीले स्वागत गर्नुभयो । 

एसियन कराँते फेडेरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालका कुनै पनि खेलाडीले अहिले सम्म पदक जित्न सकेका थिएन। 

नेपाल पुलिस क्लबबाट कराते खेल्न सुरु गर्नुभएकी एरिका पहिलोपटक १९ औँ एसियाडमा छनोट हुनुभएको थियो। 

उक्त प्रतियोगितामा पनि उहाँले रजत पदक हात पार्नुभएको थियो ।