काठमाडौं - आईसीसी विश्वकप लिग- टु अन्तर्गतको तेस्रो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । 

क्यानडाको किङ सिटीमा आज बिहान सकिएको खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।

यसअघिका खेलमा नेपाल क्यानडासँग १ सय ३ तथा ओमानसँग १ विकेटले पराजित भएको थियो । 

त्रिदेशीय शृङ्खलामा अब नेपालले अन्तिम खेल भोलि ओमानसँग खेल्नेछ । ८ टोलीको सहभागिता रहेको लिग- टु मा यो जितपछि क्यानडा १४ अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

नेदरल्यान्ड्स १२ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ । २ अङकका साथ नेपाल अङ्कतालिकाको पुछारबाट दोस्रोमा छ । 

छैटौँ स्थानमा रहेको ओमानको ५ अङ्क रहेको छ ।