काठमाडौं - नेपाल पुलिस क्लब काभा महिला भलिबल क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

पुलिसले लिग चरणको आफ्नो अन्तिम खेलमा हिजो माल्दिभ्सको घरेलु टोली पुलिस क्लबलाई ३- १ को सेटमा हराउँदै फाइनलमा पुगेको हो।

पुलिसको पाँच खेलमा १४ अङ्क छ । नेपाल पुलिस एक खेल अगावै यस अघि नै फाइनलमा पुगेको थियो । 

फाइनल खेल आज हुनेछ । आज हुने फाइनल खेलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबसँग खेल्ने छ ।