काठमाडौं - काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित  मातातीर्थ मन्दिर परिसरमा तेस्रो मातातीर्थ गोल्डकप प्रतियोगिता हुने भएको छ । 

मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा आगामी असोज ७ गतेदेखि तेस्रो मातातीर्थ गोल्डकप प्रतियोगिता- २०८१ हुने भएको हो ।

संस्थाका अध्यक्ष शान्त उदासले प्रत्येक वर्ष झैँ यस वर्ष पनि मातातीर्थ चौरमा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले प्रतियोगितामा काठमाडौँ उपत्यकाका साथै धादिङ, मकवानपुर, नुवाकोट, काभ्रेपलाञ्चोक लगायत जिल्लाका खेलाडीको सहभागिता रहने बताउनुभयो ।

प्रतियोगितामा सहभागी हुने टोलीले असोज ४ गतेसम्म गर्न सक्ने अध्यक्ष उदासले बताउनुभयो । 

प्रतियोगितामा प्रथम हुने टोलीले रु चार लाख नगद, मेडल र प्रमाणपत्र, दोस्रो हुने टोलीले दुई लाख ५० हजार नगद, मेडल र प्रमाणपत्र तथा तेस्रो हुने टोलीले  एक लाख ५० हजार नगद, मेडल र प्रमाणपत्र पाउनेछन् । 

वि. सं २०७९ देखि प्रतियोगिता शुरु गरिएको हो ।