काठमाडौं - भिएतनाममा यही सेप्टेम्बर १४ देखि सुरु हुने अन्तरास्ट्रिय मिस कस्मो २०२४ मा भाग लिन निमिता रेग्मी नेपालको प्रतिनिधित्व गर्दै त्यस तर्फ प्रस्थान गरेकी छन् ।

भियतनाम प्रस्थान गर्नुअघि त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा कुरा गर्दै सुश्री रेग्मीले आफुसंग भएको क्षमतालाइ उजागर गर्ने बताएकी छिन् । साथै नेपाललाई विश्व सामु चिनाउने यो एउटा अवसर भएको समेत बताएकी छिन् । निमिताले भियतनाममा नेपाली कला संस्कृति सांस्कृतिक सम्पदा र नेपाली पर्यटनको प्रबर्धनमा जोड दिने छिन् । 

कस्मो इञ्जिनियरिङ्ग कलेजमा आर्किटेच्चर बिषयमा स्नातक तह अध्ययन गर्दै गरेकी निमिता समाजसेवी स्व नगेन्द्र रेग्मी र समाजसेवी एबम नेपाली कांग्रेस कि नेत्री डा.आरती कार्की रेग्मीकि जेठी छोरी हुन्।

मिस कस्मो २०२४ प्रतियोगितामा विस्वका ७१ देशका प्रतियोगीहरुले भाग लिदैछन् ।