काठमाडौं - चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। आइतबार बिहान १० बजेदेखि अवरुद्ध सडकमा दुवैतर्फका सवारीसाधन रोकिएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो खसेपछि राजमार्गमा दुईतर्फी यातायात पूर्ण रूपमा ठप्प भएको हो।
अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। थप पहिरो नखसेमा छिट्टै सडक सञ्चालनमा ल्याउन सकिने प्रहरी निरीक्षक थापाले बताए।
चाडपर्वको समयमा राजमार्ग अवरुद्ध भएपछि गन्तव्यतर्फ हिँडेका यात्रुहरू समस्यामा परेका छन्। सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारीसाधनको आवागमन रोकिएको छ।


0 comment