काठमाडौं - नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी साइबर ब्युरो जाँदैछन्। प्रहरीबाट लगातार ताकेता आएपछि आफू ब्युरो जान लागेको उनले बताएका छन्।

शिवाकोटीले सामाजिक सञ्जालमार्फत चाडपर्वको बिदाका समयमा समेत प्रहरीले बोलाएपछि साइबर ब्युरो जान लागेको जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘चाडबाड बिदाको बेलामा समेत प्रहरीको ताकेता आएपछि साइबर ब्युरोमा पुग्दैछु। आजको सबै भेटघाट सम्भव भएसम्म साइबर ब्युरोमै गर्दैछु।’

प्रहरीले के विषयमा सोधपुछ गर्न बोलाएको हो भन्नेबारे भने शिवाकोटीले केही खुलाएका छैनन्। केही दिनअघि पनि शिवाकोटी साइबर ब्युरो पुगेका थिए ।