काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जनताको स्वतन्त्रता खोस्ने काममा सरकार उद्दत भएको बताएका छन् ।

आइतबार काठमाडौंको टोखामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नागरिक स्वतन्त्रतालाई नियन्त्रण गर्ने जस्ता निरङ्कुश शासन व्यवस्था हावी हुन लागेको समेत बताए ।

उनले प्रधानमन्त्रीका सल्लाहकारले आफू विरुद्धको प्रमाण मेटाउने र आफूलाई चाहने प्रमाण सार्वजनिक गरेको आरोप समेत लगाए । उनले अहिले व्यवस्था ल्याउन केही नगर्नेहरुलाई जनताले दुईतिहाई मत दिएको भन्दै जनमतको दुरुपयोग नगर्न सरकारलाई सुझाव दिए ।

त्यस्तै उनले कांग्रेसको बृहत एकताका निम्ति अधिकतम प्रयत्न गरेको बताए । उनले विधिको शासन भएको देशमा एउटै पार्टीको दुई वटा सभापति र एउटा पार्टीको दुइटा झन्डा चुनावचिह्न हुन नसक्ने उल्लेख गरे ।

कांग्रेसको अर्को पक्षको गतिविधि विधिको शासनको बरखिलाफमा रहेको उनको भनाइ छ ।