काठमाडौं - कोशी प्रदेशमा सरकार विस्तार भएको छ । 

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली कांग्रेसका मन्त्री र राज्यमन्त्रीहरु थप गरी सरकार विस्तार गर्नुभएको हो ।

नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा दिएपछि खाली रहेको भौतिक पुर्वाधार विकास मन्त्रालयमा भुपेन्द्र राई, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा खगेनसिंह हाङ्गाम, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सदानन्द मण्डललाई जिम्मेवारी दिइएको छ ।

यसैगरी भौतिक पुर्वाधार विकास राज्य मन्त्रीमा भूमिप्रसाद राजवंशीलाई नियुक्त गरिएको छ ।

विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रम बीच नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनियताको शपथ गराउनु भयो ।