काठमाडौं - प्रतिनिधि सभाको बैठकमा एमाले र माओवादी केन्द्रका सांसदहरुबीच भनाभन भएको छ।
सभामुख देवराज घिमिरेले एमाले सांसद योगेश भट्टराईले प्रयोग गरेको हिंसा भन्ने शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने जानकारी दिएलगत्तै विवाद शुरु भएको हो ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सभामुखको जानकारी समयमै नआएको भन्दै असन्तुष्टी व्यक्त गरे लगत्तै एमाले सांसद रघुजी पन्तले पुन: प्रतिवाद गर्नुभएको थियो ।
यस लगत्तै माओवादी केन्द्रका सांसदहरुले उठेर बैठकलाई अबरुद्ध पारेका थिए । सभामुखले पटक पटक अनुरोध गर्दा पनि माओवादी केन्द्रका सांसदहरु नमानेपछि सभामुखले सांसद देवेन्द्र पौडेललाई समय दिनुभएको थियो ।
0 comment