काठमाडौं - प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई पदबाट राजिनामा दिन सत्तारुढ दलहरुले आग्रह गरेका छन ।

उपसभामुख रानाले केही बर्ष पहिले उपसभामुखको निजी लेटरप्याड प्रयोग गरी केही युवाहरुलाई अमेरिकाको भिषाका लागि शिफारिस गरेको तथ्य फेला परेको थियो । 

रानाले अमेरिकाको भिषाका लागि असान्दर्भिक व्यक्तिलाई भिषाको लागि सिफारिस गरेको भन्दै संसदको राज्य व्यवस्था समितिमा उजुरी परेको थियो । 

राज्य व्यवस्था समितिको उजुरीको आधारमा सत्तारुढ दलहरुले मार्ग प्रशस्त गर्न आग्रह गरेको राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले सक्रियन्यूज डट कमलाई जानकारी दिनुभयो ।