काठमाडौं - नेपाल पत्रकार तथा लेखक समाजका संयोजक गोरख वहादुर बी.सीले निर्बाचित संविधानसभाको ९०% बहुमतद्धारा हालै जारि संविधान समेत कार्यान्वयनमा आउन सकिरहेको छैन भन्दै यस प्रति असहमति राख्ने नाममा मधेस र जनजातिहरु असन्तुष्ट रहि आन्दोलान जारि रहनु अति नै दुखत भएका बताएका छन् ।

शान्ति समृद्धिका लागि पत्रकार, कलाकार, लेखक, साहित्यकार र रंगकर्मीको राष्ट्रिय भेलाले मुलुकका प्रबुद्ध व्यक्तिलाई सम्मान कार्यक्रम दिएको छ । उक्त सम्मान कार्यक्रममा बरिष्ठ पत्रकार एवं लेखक गुणराज लुइटेल, नेपाल इतिहास संघका अध्यक्ष प्राध्यापक डा। सुरेन्द्र के।सी। प्रस काउन्सिलका अध्यक्ष बरिष्ठ अधिवकता बोर्ण बहादुर कार्की, मध्य पश्चिमाञ्चल साहित्य परिषदका अध्यक्ष डा। मधुसुधन गिरी, उर्जाविद इ। हरिशचन्द्र शाह, महिला अधिकारवादी एवं समाजसेवी द्रौपदि रोकाया, समाजशास्त्रि एवं थारु मुक्ति अभियानकर्ता डा।ललन चौधरी, पर्यटन व्यवसायी एवं समाजसेवी मोहन लम्साल, निजामति तर्फ इ। विजय कुमार थापा र जममुक्ति युवा नेपालका संयोजक निराजन कुवर ज्यूलाई सम्मान गरिएको हो । उक्त सम्मान तथा उद्घाटन कार्यक्रममा प्रमुख अतिथि उपप्रधान मन्त्री सिपी मैनालीले उद्घाटन र सम्मान गर्नु भएको थियो ।

राजधानिको बागबजार स्थित होटल हार्दिकमा सम्पन्न लेखक, पत्रकार, कलाकार तथा रङ्गकर्मी वर्गको साझा संस्था नेपाल पत्रकार तथा लेखक समाजको प्रथम राष्ट्रिय भेलामा नेपाल पत्रकार तथा लेखक समाजले मूलुक इतिहास कै सबैभन्दा नाजुक संक्रमणको अवस्थाबाट गुज्रि रहेको जानकारी गराउदै देशलाई यस्तो धरापबाट बचाउन देशको बौद्धिक सचेत वर्गको भुमीका न्युन रहेको भनी घोषणा पत्र जारी गरे ।

समिटिले राष्ट्रिय समस्या र अपमान एवं असमानजनक सन्धि–सम्झौता र विदेशी थिचो–मिचो युक्त परिवेशको अन्त्य गर्दै देशको सुशासन, दिगो शान्ति र नागरीकहरुको अमनचयन तथा शान्तपूर्ण जीवन यापनका लागि रोजगारीका अवसरहरु देश भित्र बिस्तार गरि नेपाल र नेपालीहरुले सोका लागि युरोप, खाडि र मलेसिया सम्म भौतारीनु पर्ने दुखद परिवेसको अन्त्यको माग गर्दै यस्तो स्थिति निर्माण तर्फ देशका बौद्धिक वर्ग सजक अग्रसर एंव समर्पित हुन आवहानका साथै आ–आफ्नो पेशागत हक आधिकार प्रति कटिवद्ध भई यो काठमाण्डौं घोषाण पत्र जारी गरेको थियो ।

सो भेलामा गोरख बहादुर बिसीको संयोजकमा ७५ सदस्य केन्द्रिय कमिटि निर्माण भई संचिवमा शिव रेग्मीलाई चयन गर्दै निम्न सस्दयहरु रहेको समितिले जनाएको छ । उक्त कमिटिमा पदम श्रेष्ठ, के।के पाण्डेय, कृति भट्टाराई, हिमाल ओली, नारायण शर्मा, लक्ष्मी पौडेल, नगेन्द्र सापकोटा, राजेश्वर ढकाल, मोहन पन्त, कालीका खड्का, सरोज ढुङ्गेल, प्रेम कार्की, रमेश रावल, नवराज न्यौपाने, रामचन्द्र दुलाल, रविन थपलिया, चुडामणि पौडेल, रुप नारायण महर्जन, चिरञ्जिवी नेपाल, लक्षमण बजगाई, रामचन्द्र खड्का, इशा अधिकारी, रिता बस्नेत, शुसिल बन्धु थापा, रत्ना फुजु, कविता थापा, राजेन्द्र खड्गी, विनोद वि।के।, रसुवाली कवि, सुर्य रोकाया, सरोज रोकाया, मोहन सैजु श्याम सुन्दर गिरी, जयन्ता पुडासैनि किशोर शर्मा पर्शराम भूर्तेल, छिरिङ लामा, सहदेव कार्की, विजय जिरेल, सिल्जा प्रधाननाङ, तेज कुमार राई, महेन्द्र मैनाली, घनाश्याम काफले, घनश्याम तिम्लसिना, रमेश रावल, लक्षमण अधिकारी राम बहादुर कुवर, राजन कार्की, गंग दाहाल, किशोर सेढाई, विजय चाम्लिङ, अजुर्न पोखरेल, बसन्त भुसाल, निराजन कुवर, अजय कुमार चौधारी, इन्द्र कुमार चौधरी, टपराज जोशी, रामचन्द्र नेपाल रहेका छन् भने पछि १० जना मनोनित हुन गरी समितिले जनाएकोे छ ।