काठमाडौं - वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा दुई अर्ब ६५ करोड ६६ लाख आठ हजार मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात गरेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आर्थिक वर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयबाट हुने निर्यात सात दशमलव १६ प्रतिशत अर्थात १७ करोड ७५ लाख एक हजारले बढेको बताउनुभयो ।
गत आर्थिक वर्षको साउनमा दुई अर्ब ४७ करोड ९१ लाख ६७ हजार बराबरको वस्तु तथा सामान निर्यात भएको थियो ।
विशेष गरी जुस जाम, फलामे पाता, जमोठ कपडा, पिना, सेन्थेटिक यार्न, मनोरञ्जनका सामानहरू, बत्तीसा, त्रिफला, कवाज, च्यवनप्राश, कुकुर तथा विरालोको खाना, तयारी कपडा, रेसाको कपडा, कार्पेट र गलैँचा लगायतका सामान विदेशमा निर्यात हुँदै आएको छ ।
0 comment