काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ। 

पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले उपनिर्वाचनमा सहभागी हुने निर्णय गरेको हो ।

स्थानीय तहको उप निर्वाचनका आम नागरिकको अधिकार प्राप्तका लागि सुशासन कायम गर्ने बलियो कडिका रुपमा बढाउने निर्णय भएको रास्वपाले जनाएको छ । आज विहानदेखि बसेको रास्वपा केन्द्रीय समिति बैठकमा पार्टीका महामन्त्री डा मुकुल ढकाललाई कारवाही गर्ने वा नगर्ने भन्ने विषयमा पनि छलफल भएको जनाइएको छ ।