काठमाडौं -  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गर्नुभएको छ । 

उहाँ गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । 

प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री आचार्यले ७० मत प्राप्त गर्नुभएको हो । 

उहाँको विपक्षमा ११ मत परेको सभामुख तुलाराम घर्तीमगरले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशसभामा ८७ जना सदस्य हुनुहुन्छ ।