काठमाडौ - सिन्धुपाल्चोक जिल्लाको प्राचीन शहर तौथली नेवारी समुदायको बाहुल्यता भएको बस्ती हो | राजधानी काठमाडौबाट करिब 100 किलोमिटर उत्तर पुर्व भागमा पर्ने यो ठाउँ हालको स्थानीय पुनर्संरचना अनुसार त्रिपूरा सुन्दरी गाउपालिका ५ पर्दछ ! यस ठाउँलाई हाजिपुर नामले पनि चिनिन्छ ! जस्को अर्थ तिर्थस्थल अर्थात् देवस्थल भन्ने बुझिन्छ ! यहाँ त्रिपूरा सुन्दरी माइ, भिमेश्वर, नातेश्वर, गणेशथान,रक्तकाली, सेतिदेवी, कामधेनु आदि देबिदेवताको मन्दिर अवस्थित भएकोले हाजिरपुर भनेको अनुमान गर्न सकिन्छ | नेपालमा नेवार समुदायको छुट्टै मौलिक भाषा, संस्कृति, रितिरिवाज भएको जाती हो, त्यस्तै तौथली नेवार समुदायको पनि भिन्नै मौलिक भाशा र सांस्कृतिक परम्परा रहेको छ ! यहाँका मानिसहरूले समय अनुसार विभिन्न चाडपर्व, जात्रा मनाउने गर्दछ्न ! महनी (दशै)तिवार (तिहार) यमरी पुनिस:, फागु पुनिस: आमाको मुख हेर्ने, गुनिला पुनिस (जनैपूणिर्मा), इन्द्रजात्रा, कृष्ण जन्मास्टमी आदि मध्य यहाँ गुनिला पुनिस: (जनैपूणिर्मा) बारेमा यहाँ चर्चा गरिन्छ |
गुनिला पुनिस ! गुँला पर्व (जनैपूणिर्मा)
श्रावण शुक्ल पुर्णिामा( जनैपूणिर्मा ) देखि भाद्र कृष्ण चतुर्थी सम्म पाँच दिन सम्म मनाइने पर्व स्थानीय भाषामा गुनिला जात्रा, हिले जात्रा, रोपाइ जात्रा जस्ता विभिन्न नामले चिनिन्छ ! नेपाल संबतको दशौ महिना गुलाँगा महिनामा पर्ने भएकोले यो पर्वको नाम गुँला पर्वबाट अपभ्रंश भएर गुनिला रहन गएको एकथरी जन कथन छ ! अर्को नौथरी गुडागुडिको क्वाटी खाएर र नौ थरीका लत्ताकपडा लगाएर यो जात्रा मनाउने गर्नाले गुनिला रहन गएको जनश्रुति पाइन्छ, अर्को तर्क के पनि छ भने उहिले यो पर्व नौ दिन सम्म मनाइने हुनाले गुनिला भनेको बुझिन्छ तर हाल पाँच दिन मात्रै मनाइन्छ | पाँच दिन मध्ये चौथो र अन्तिम दिन बिशेष हुने गर्दछ | यी दिनहरूमा १२ थरीका नाच तथा जात्राहरु निकाल्ने गरिन्छ|उक्त नाच हरुको क्रमशः बर्णन गरिन्छ
१: ठुप्चुकु( गोरु नाच)
यो नाच जनैपूणिर्माको दिन देखि निरन्तर पाँचै दिनसम्म नचाइने महत्त्वपूर्ण नाच हो! सिठी नख दिन देखि मनुष्यको खेतीपाती शुरूवात भएको मानिन्छ भने जनैपूणिर्मा देखि पाँच दिन सम्म देबिको रोपाइ गरेर बर्षे खेतीपाती सकिएको बुझिन्छ | देबिको रोपाइँको निम्ति तीन जोडि युवाहरूलाई तीन हल गोरुको रूपमा टाउकोमा चोयाको मकुन्डोमा छ्वालिको सिङ बनाइ ,चङ्गुर बाधी ठुप्चुकु सिंगार्ने काम गरिन्छ| दिउँसो करिब 2 बजेतिर भजने खलकले चोया ल्याइ डबलीमा बसेर ठुप्चुकु ङो( गोरुको सिङ) तयार गरिन्छ |ठुप्चुकुले दुबै हातमा रंगिचङ्गी धागो र रिवन बाधि, पछाडि कम्मरमा घाड घन्टी झुन्डाएर हलिको रुपा अर्को ब्यक्तिले ठुप्चुकुको कम्मरमा डोरि बाधेर जोत्ने गरिन्छ ,जस्लाइ स्थानीय भाषा मा ''क्वाक्कुली वाए '' भनिन्छ| साझ करिब ४ बजेतिर दात्छेमी गुठियार र कुशुले गुठियार दात्छेमा जम्मा भइ तान्त्रिक बिधिबाट पुजाआजा गरि देबि नाच ,मारुनी र नाङ्गानाङ्गी नाच निकालिन्छ! दात्छेबाट निकालिएको नाच डबलीमा पुगि विभिन्न देबिदेवतालाई जात्रा सफलता तथा भुलचुक माफिको मागेर पुजा गर्ने बितिकै एक हल ठुप्चुकु भिमेश्वर मन्दिरको ढोका खोल्न दौडन्छ्न,जस्ले पहिलो दिन मन्दिरको ढोका खोल्छ ,त्यसैले अन्तिम दिन ढोका बन्द गर्नु पर्ने हुन्छ!( यसो गर्नाले प्राणिको ८४ जुनि मध्य गोरुको जुनि लिनु नपर्ने भनाइ रहेको पाइन्छ! )बाकि २ हल गोरु बाजाको तालमा नाच्दै देबिनाचको अघि अघि भिमेश्वर तिर लगिन्छ!भिमेश्वर मन्दिर भित्र एक चरण नाचीसके पछि फेरि त्रिपुरा सुन्दरीको ढोकाखोल्न अघिकै एक हल ठुप्चुकु दौरन्छ्न र अन्य २ हल बाजाको तालमा नाच्दै त्रिपूरा सुन्दरी मन्दिर पुगेर बिसर्जन गरिन्छ!ठुप्चुकु नाचसगै मानवीय जीवन भोगाइ सँग सम्बन्धि झाकी तथा क्रियाकलाप ( आलि लगाउने, धागो कात्ने ,लुगा बुन्ने , फ्याउरे लगाउने) स्याबरेहरुले ठुप्चुक्कु संगसगै प्रस्तुत गरिन्छ! देबि नाच( कुमारी भैरव चन्डी ) र नाङ्गानाङ्गी नाच भिमेश्वर , डबली र त्रिपूरा सुन्दरीको प्राङ्गणमा एक एक चरण नचाइछ भने मारुनी सो स्थानका साथै बाटैभरी सोह्र सय गोपिनि र कृष्ण भगवानको प्रेमलिला स्वरुपको हाउभाउमा एक पुरुषलाई बीचमा अन्य महिलाको पहिरन लगाएको नर्तकिहरु नाचिन्छ ! यसरी पहिलो दिनको जात्रा समापन गरिन्छ, यो नाच पांचै दिनसम्म निकालिन्छ! दोस्रो र तेस्रो दिन यहि क्रम दोहोरिन्छ भने चौथो दिन र पाँचौ दिन अन्य जात्रा थपिन्छ|
२.राकस( लाखे)
नेवारी समुदायमा लाखे नामले परिचित जात्रा तौथलिमा राकस भनिन्छ।यहाँको लाखे नाच अन्यत्र नेवार समुदाय भन्दा पृथक र मौलिक पाइन्छ। यहाँ लाखे रातीमात्रै निकालिन्छ। स्थानीय मानिसहरूको दिनभरि फुर्सद नहुने र दिनभरको थकान मेटाउनु र मनोरञ्जनको निम्ति रातीमात्रै निकालेको अनुमान लगाउन सकिन्छ,।गाइजात्राको दिनदेखि ईन्द्रजात्राको भोलिपल्ट पुर्णिामासम्म करिब एकमहिना निकाल्ने अर्को बिशेषता हो।त्यसैगरी यहाँ लाखेलाइ २ जना सहयोगिले २ तिरको पाखुरा समाइ नचाउने प्रमुख विशेषता तथा मौलिकता हो।
गाइजात्राको सम्पुर्ण जात्रा सम्पन्न भइसकेपछि बेलुकी करिब 8 बजेतिर लाखे निकाल्ने गरिन्छ।दात्छेमी तान्त्रिक गुरु , कुसुले गुठियार र लाखे नाच्न इच्छुक ब्यक्ती( दात्छेमी बाहेक) दात्छेमा जम्मा भइसकेपछी लाखेको मकुन्डो तथा पोशाक लगाएर लाखेलाइ जातोमा बसाइन्छ र दात्छेमी तान्त्रिक गुरुले तन्त्रमन्त्र द्वारा लाखे जगाउन थालिन्छ र लाखे जागिसके पछि नचाउदै भिमेश्वर प्राङ्गणमा ल्याइन्छ ।
लाखे बाजाको दुई फरकफरक तालमा नाचिन्छ।एउटा आफै स्वतन्त्र पुर्वक नाच्दछ भने अर्को अरुको सहायताले नाच्दछ। लाखेलाइ ख्यालिचाहरुके टिनको बट्टा , थाल , अन्य आवाज आउने सामग्री बजाएर अघिपछि बसि च्यो लाखे च्यो ..... भनेर गिज्याउने गरिन्छ।यसरी खिज्याउदा लाखेले समायो भने पैसा लिने गर्दछ।पैसा नपाएसम्म छोड्दैन।
अर्को लाखे सहयोगिको सहयताले दुईतिर पाखुरामा समाएर एक छेउबाट अर्को छेउसम्म बाजाको तालमा नचाउने चलन छ। लाखे यो तालमा एक्लै नाच्दा दोबाटो काटेर गाउँ बाहिरीएको र फिर्ता नआइ अहिलेको राकस सिकु पोकोमा गइ मरेकोले त्यो क्रम नदोहोरिउन भनेर उक्त तालमा नचाउदा दुई जना सहयोगले समाएर नचाएको बुझिन्छ। लाखे दात्छेमी परिवार बाहेक जोसुकै इच्छुक ब्यक्तिहरु पालैपालो नाच्न सकिन्छ।
३.सडप्याखन( घोडानाच)
गुनिला जात्राको तेस्रो र चौथो दिन निकालिने निकै आकर्षक र मनोरञ्जनात्मक जात्रा सडप्याखन हो। पौराणिक कथामा बर्णन गरे अनुसारको राजा महाराजाको सेनामेना सहितको घोडा सवारको आभास दिने यो नाच निकै रोचक र आकर्षक छ। मुजुरको प्वाँख ,र विभिन्न रत्न जडित मुकुट शिरमा पहिरिएर कालो कोट र कालो चस्मा लगाएर आफ्नो सेनामेना हतियार सहित घोडामा सवारको आभास यो नाचले दिन्छ। सुमधुर बासुरी धुन , खरी र छ्यालिको तालमा नाचिन्छ ।यो नाच इच्छुक जो पनि नाच्न सकिन्छ। सडप्याखन निखुहरुले पाल्पाबाट दाइजोमा ल्याएको जात्रा हो ।निखुहरुको घरबाट निकालेर भिमेश्वर डबली र त्रिपूरा सुन्दरीमा लगी समापन गरिन्छ।
४. माझिपा प्याखन
माझिपा गुनिला पर्वको अर्को महत्त्वपूर्ण नाच हो।चोयाको मुकुट बनाइ चौरिको चंगुर शिरमा फिजाएर ,चुल्ठो बाटेको आकार दिई बनाएको माझिपाको मुकुट निकै आकर्षक हुन्छ ,। रंगीचंगी चौबन्दी चोली र पटासी लगाएर कम्बरमा विभिन्न घण्टी घाडहरु झुन्ड्याएर ,अनुहार जालिरुमालले छोपेको माझिपालाइ चारैतिर कम्बरमा डोरि बाधेर पहरा दिई माझमा नचाउने गरिन्छ । यो नाच महाजनका पुर्खाहरु द्वाल्खाबाट बसाई सरि आउँदा ल्याएर संचालन गरेको बुझिन्छ , पछि आफुले संचालन गर्न नसकेर दात्छेमी खलकलाइ जिम्मा लगाएको हो भनिन्छ , हाल यो जात्रा दात्छेमिखलकले संचालन गर्दै आएको छ। द्वाल्खामा माझिपालाइ माझिपा राकसको रुपमा लिइन्छ , ।
यो नाचमा राकसले बस्तीका मानिसहरुलाइ दुख दिएपछी समाएर डोरिले बाधेको र राकसले आफ्नो बचाउ को लागि कसैलाई गुहार मागेको वा उम्कन जोरजुलुम गरेको हाउभाउ प्रस्तुत गरिन्छ।
माझिपालाइ अर्को गुप्तदेबिको रुप पनि भन्ने गरिन्छ,आफुलाइ अप्ठेरो परेकोले आकाशदेबिलाइ गुहारेको हो भन्ने कथन पनि प्रचलित रहेको पाइन्छ। किबदन्ति जेसुकै भएता पनि गुनिलाको प्रमुख आकर्षक मध्ये यो पनि एक हो। यो नाच पनि भिमेश्वर, डबली हुँदै त्रिपुरासन्दरी मन्दिरमा पुर्याएर समापन गरिन्छ।
५.रक्सिन प्याखन
आकाशदेबिको रुपमा रक्सिन नाचलाइ लिइन्छ।देबिको मकुन्डो, मुकुट र पोशाक लागाएर सुर्य देबतालाइ नमस्कार गर्दै नाच्ने नाच रक्सिन हो । गुप्तदेबिको गुहारको लागि प्रकट भएको यो नाच दात्छेबाट शुरु भएर भिमेश्वर डबली र त्रिपूरा सुन्दरी हुँदै पुन: दाच्छेमा पुगि समापन हुन्छ। यो नाच कुनै पनि ठाउँमा विश्राम नगरी नाच्दै सरासर गएर सरासर फर्किने गर्दछ।
६.ट्वाकल प्याखन
छ्जना नर्तकहरु एक अर्काको हातमा डोरि बाधेर जोडि जोरि बनी बाजाको तालमा नाच्दै ट्वाक ट्वाक आवाज आउने गरि लठ्ठी बजाउने जात्रा हो ट्वाकल प्याखन।गुनिलाको पाँचौं दिन निकालेने यो जात्रा नर्तकिहरुको हातमा रंगीचंगी रिबन र धागो, कम्बरमा घण्टि झुन्डिएको हुन्छ। बाजाको तालमा निकै जोशिलो र फ़ुर्तिलो साथ नाचिने नाच नेवारी बस्तीहरु भक्तपुर, द्वाल्खा, चौतारा आदि ठाउँहरुमा देख्न सकिन्छ।
किवदन्ती अनुसार द्वापर युगमा रामभक्त हनुमानले लंका बिजय प्राप्त गरि सकेपछी खुशियालीको रुपमा नाचेको हो भनिन्छ । नेवा बस्ती भक्तपुरमा मांक प्याखन ( बादर हनुमान नाँच) ले प्रचलीत छ।
0 comment