काठमाडौं - युक्रेनले रुसको कुर्स्क क्षेत्रमा आफ्नो आक्रमण जारी राख्दै एक साताभित्र दोस्रो रणनीतिक महत्वको पुल ध्वस्त पारेको जनाएको छ ।
युक्रेनी वायुसेनाका कमाण्डर जनरल मिकोला ओलेक्सचुकले सामाजिक संजालमा पोष्ट गर्दै दोस्रो रणनीतिक महत्वको रुसी पुल ध्वस्त पार्न सफल भएको उल्लेख गरेका छन् ।
सन् २०२२ मा रुसले युक्रेन माथि आक्रमण गरेयता युक्रेनले रुसी भूमि गरेको यो सबैभन्दा ठूलो आक्रमण हो ।
झण्डै दुई सातादेखि युक्रेनले रुसको क्रुर्स्क क्षेत्रमा आक्रमण गरिरहेको छ । दुई सातादेखि निरन्तर रुपमा युक्रेनी सेनाले रुसी भूमिमा हवाई हमला गरिरहेको छ ।
एक हजार वर्ग किलोमिरभन्दा बढी रुसी भूभाग युक्रेनी सेनाको नियन्त्रणमा आएको बताइएको छ । रुसी सेनाले सैनिक आवत जावत लगायतका महत्वपूर्ण कामका लागि प्रयोग गरिरहेको सेम नदीको पुल यस अघि नै नष्ट गरिसकेको छ ।
0 comment