काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवासमा आज अपराह्न भएको भेटमा उहाँहरुबीच सरकार सञ्चालन तथा भावी योजनाबारे विचारविमर्शको भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।