काठमाडौं - नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले संबिधान संसोधनमा सवै दललाई साथ लिनुपर्ने बताउनु भएको छ ।
मोरङको आज आयोजित कार्यक्रममा नेता कोइरालाले २ तिहाईको आडमा साना दलहरुलाई वेवास्ता गरेर संविधान संशोधन गर्न नहुने उल्लेख गर्नुभएको हो ।
नेता कोइरालाले संविधान संशोधनमा खर्चिलो जनमत संग्रहतर्फ नगई दलहरुबीच सहमती कायम गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेता कोइरालाले भ्रष्ट्राचार जस्तो बिषयलाई हदम्याद राखेर छानवीन गर्न नहुेन स्पष्ट पार्नुभयो । तर नीजि क्षेत्रमा अख्तियारलाई प्रवेश दिँदा अख्तियारीको नाममा विकृती आउने उहाँको भनाइ थियो ।
0 comment