स्वतन्त्रताका सेनानीका सन्तानलाई सरकारी सेवामा ९० प्रतिशत आरक्षणदिने गरेको कारण शुरु भएको विद्यार्थीको आन्दोलनले प्रधानमन्त्री शेख हसिनालाई देश छोड्नमात्रै बाध्य पारेन वल्कि त्यसको साथै बहुसंख्यक मुस्लिमहरुको अल्पसंख्यक हिन्दुमाथि ज्यादती चुलियो र बंगलादेशको इतिहासमै पहिलो पटक लाखौ हिन्दुहरुको जुलुस राजधानी ढाकामा उर्लियो । भारतमा हिन्दु अतिवादी मोदिको सरकारले हिन्दुको पक्षमा वाग्लादेशमा सैनिक हस्तक्षेप गर्न सक्ने कुराहरु सुनिए । यतिसम्मकी कतै यसैको कारण बंगलादेश बिखण्डन त हँुदैन भनेर लख समेत काटिन शुरु भयो । कसैले आन्दोलनको कारण अमेरिका हो भन्न थाले कसैले भारत । खास भएको चाहि के हो त भनेर कसैले पनि निश्चितरुपमा बताउन नसकेको अवस्था छ अहिले । त्यसैले बंगलादेशी समाज स्थायित्व कायम गर्ने कुरामा हरेक बंगलादेशी नागरिकको ठूलो जिम्मेवारी छ भन्न थालिएको छ ।
पाकिस्तानलाई टुक्राएर स्वतन्त्र बंगलादेश बनाउने क्रममा सोभियत शक्तिको समर्थनमा भारत कांध थापेर लागिपरेको थियो । सन् ७० को दशकसंगै शुरु भएको स्वतन्त्रताको यस रक्तपात पूर्ण युद्धमा ३० लाख बंगालीहरुशहिद भए जसमा ३ लाख महिलाहरु पनि थिए । बंगलादेश स्वतन्त्र भएसँगै वंगालीहरु पनि आफ्नै स्वतन्त्र राष्ट्र संचालन गरी आफुलाई विकसित गर्दै लग्न सक्छन् भन्ने कुरा प्रमाणित हुन पुग्यो । पाकिस्तानका राष्ट्रपिता मानिने काइदेआजाम जिन्हाले उर्दुभाषा थोपरेको कारण वंगाली भाषा हाम्रो राष्ट्र भाषा हो भन्दै भाषाको कारण सन् १९६२ देखि शुरु भएको आन्दोलनले सन् १९७१ पुग्दा स्वतन्त्र बंगलादेश बनाउन सफल रह्यो । त्यहाँका के मुस्लिम के हिन्दु सबै बंगाली बोल्छन् । जसरी भाषाकै कारण पाकिस्तान टुक्रिएर स्वतन्त्र बंगलादेश वन्यो के अब धर्मकै कारण तुरुन्तै वा कालान्तरमा बंगलादेश टुक्रिएर अर्को स्वतन्त्र हिन्दु बंगलादेश वन्ला त वा त्यो हिस्सा भारतमा गएर मिल्ला त ?
तथ्यांकलाई आधार मान्ने हो भने ९० प्रतिशत वाग्लादेशीहरु मुस्लिम धर्मका छन भने हिन्दु बौद्ध र अन्य धर्म मात्र १० प्रतिशत रहेको अवस्था छ अहिले बंगलादेशमा । ९८ प्रतिशत बंगलादेशी वंगाली भाषा वोल्छन भने भाषा र धर्मको कारण बंगलादेश विखण्डन होला भनेर सोच्न सकिने अवस्थै छैन । हुन त बेलायतीहरु भारतमा आई इष्ट इण्डिया कम्पनी बनाए पश्चात् यिनीहरुको पहिलो शिकार नै बंगाल भएको थियो । त्यसताका सिराजउद्यौला नवाव थिए वंगालको, पछि यिनको शैनिक जनरल मिरजाफर अग्रेजसंग मिलेर आफु नवाव बने । अव बंगाल अंग्रेजको अधिन गयो यसलाई स्वतन्त्र राख्नु पर्छ भनेर उनकै ज्वाइ मीर कासिमले मीरजाफरलाई अपदस्थ गरी आफु नवाव त वने तर साम्राज्य टिकाउन सकेनन अन्तत बंगाल भारतमा रहेको बेलायतीहरुको पहिलो उपनिवेष बन्न पुग्यो । सन् १९४७ भारतसंगै पाकिस्तान पनि स्वतन्त्र राष्ट्र बन्यो तर त्यसको अखण्डतालाई भाषाकै कारण जोगाउन नसक्दा बंगलादेश स्वतन्त्र राष्ट्र बन्न पुगेको हो ।
अहिले पनि भारतमा पुरानो नवावको वंगाल एक शक्तिशाली राष्ट्र हुनु पर्छ भन्ने आन्दोलन चलिरहेको छ । त्यो भयो भने भारतको अधिनमा रहेको पश्चिम बंगाल बंगलादेशमा गाभिन जान सक्छ । त्यसैले हिन्दुत्वको कुरा उठाएर भारतले हिन्दु वंगालीहरुको छुट्टै राष्ट्र वनायो भने अहिलेकै भारत भित्र रहेका मुस्लिमहरु फेरी अर्को स्वतन्त्र मुस्लिम राष्ट्र वनाउने तर्फ लागि नपर्लान भन्न सकिन्न । बंगलादेशबाट उठेको आन्दोलनले भारतलाई पनि चिरा पार्न सक्छ ।
बंगाल साम्राज्यको हजारौ वर्षको प्राचीन इतिहास, संस्कृति र भूगोलको अध्ययन गर्ने हो भने धर्म र साम्प्रदायिकताको कारण बंगलादेश टुक्रिन त परै जावस बरु ठीक त्यसको विपरित स्वतन्त्र खालिस्तानी आन्दोलन जस्तै स्वतन्त्र विशाल वगालको आन्दोलन शुरु नहोला भन्न सकिन्न । यसको लागि धर्मको कारण वाग्लादेशी जनताहरु विभाजित हुनु हुदैन र अल्पसंख्यक हिन्दुमाथि बंगलादेशमा जुन अत्याचार भइरहेको छ त्यो रोकिन पर्छ ।
लज्जा उपन्यासकी लेखिका नोवेल शान्तिको पुरस्कार जित्ने तसलिमा नसरिनले जसरी हिन्दुमाथि भइरहेको अत्याचारको आफ्नो उपन्यासमा उल्लेख गरेकि छिन त्यसैको कारण कठमुल्लावादी बंगालीहरुले उनलाई निर्वाशनमा बस्न बाध्य पारेका छन् । यस्ता ब्यवहार स्वतन्त्र विशाल बंगालको पहिचान विपरित हुने हुदा वंगाली जनताहरु भारत वा पाकिस्तानको उक्साहट लाग्नु हुदैन, लाग्नु भनेको आफनो खुट्टामा आफैले वन्चरो हान्नु हो भनेर बुझ्दा हुन्छ ।
बंगलादेशमा हिन्दु र मुस्लिम वीचको झगडा मिलाउन नसक्दा शेख हशिनाका पिता शेख मुजिव रहमान जस्ले स्वतन्त्रताको युध्दको नेतृत्व गरे उनलाइ राष्ट्रपिता भनियो तर उनी सन् १९७५ मा मारिए । अर्का राष्ट्रपति जियाउर रहमान पनि त्यसैको कारण मारिए । यसको फाइदा केहि समयका लागि सैनिक जनरलहरुले उठाएता पनि उनीहरु प्रजातन्त्र प्रेमी बंगलादेशी जनताको अगाडि टिक्न सकेनन । फलस्वरुप अवामी लिग, वाग्लादेशी राष्ट्रवादी दलहरु बंगलादेशको राजनीतिक परिदृश्यमा छाए तर समस्याले भने स्थायीरुपमा निकाश पाएन । अहिलेको आन्दोलनले अर्का नोवेल पुरकार विजेता लघुवित्त विज्ञ भनेर नाम कमाएका डा मुहाम्मद युनुसलाई सरकार प्रमुखमा स्थापित गरिदिएको अवस्था छ ।
आन्दोलनकारी विद्यार्थी नेताहरु उनको मन्त्रीमण्डलमा सहभागी बनेका छन् । अर्को तर्फ हिन्दुहरु आन्दोलित छन । के उनीहरुलाई यो सरकारले सुरक्षाको प्रत्याभूति दिएर शान्त बनाउ सक्ला ? न सकेमा के होला ? के वाग्लादेश धर्मकै कारण कसैले उचालेकै भरमा टुक्रिएला त ?
0 comment