काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भ्रष्टाचार निवारणसम्बन्धी बनिरहेको कानुनमा हदम्याद राख्ने विषय स्वीकार नगर्ने निर्णय गरेको छ।
मंगलवार बिहान बसेको पार्टीको संसदीय दलको बैठकले विगतमा गरेका भ्रष्टाचारबाट उन्मुक्ति पाउने दलहरूको प्रयास देखिएको भन्दै उक्त विषयमा आफुहरुको स्वीकार्यता नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो ।
0 comment