काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्मा वरीयता हेरफेर गर्नुभएको छ ।
बिहीबार राष्ट्रपति पौडेलले केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको वरियता हेरफेर गर्नुभएको हो ।
वरीयता अनुसार पर्यटनमन्त्री बद्री पाण्डे १४ नम्बरमा बढुवा हुनुभएको छ भने स्वास्थ्यमन्त्री प्रदीप पौडेल १६ औं स्थानमा पुग्नुभएको छ । यस अघि पौडेल १४ नम्बरमा हुनुहुन्थ्यो ।
0 comment