काठमाडौं - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदभार ग्रहण गर्नु भएको छ।
प्रदेश प्रमुखबाट पद् तथा गोपनीयताको शपथ ग्रहण लगत्तै उहाँले मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नू भएको हो ।
पदभार ग्रहणपछि पत्रकारसंग कुराकानी गर्दै मुख्यमन्त्री शाहले आफूले दोस्रो पटक यो प्रदेशको नेतृत्व गर्दै गर्दा प्रदेशबासीलाई निराश बनाउने काम कहिल्यै पनि नगर्ने बताउनुभयो।
मुख्यमन्त्री शाहले समग्र सुदूरपश्चिमको विकासका लागि आफूलाई सल्लाह, सुझाव दिन पनि आह्वान गर्नु भएको छ। यो प्रदेशमा सुशासन कायम गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता थियो। “भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा शून्य सहनशीलताको नीति अपनाएर म पहिले पनि अगाडि बढेको थिए, अहिले पनि त्यहि नीतिमा अगाडि बढ्छु”, शाहले भन्नुभयो।
उहाँले पूर्ण बजेट ल्याउनका लागि सदनको बैठक बोलाएर त्यसमा सबैसंग छलफल गरिने उल्लेख गर्नुभयो। चालु आर्थिक वर्षको सुरुवातबाट सुदूरपश्चिम प्रदेश बजेटविहीनताको अवस्थाबाट गुज्रिरहेको छ।
0 comment