बंगलादेशको राजधानी ढाकामा इन्टरनेट सेवा अबरुद्ध भएको छ । सरकारले त्यहाँ चर्किरहेको आन्दोलनलाई मध्यनजर गर्दै ढाका लगायतका केही भागहरुमा इन्टरनेट काटेको जनाएको छ ।

बंगलादेशमा सरकार विरोधी आन्दोलनमा हिजो आइतबार मात्रै ९० जना भन्दा बढीको मृत्यु भएको थियो । 

प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै विरोधमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले अश्रुग्याँस र पानीको फोहोरासँगै रबरको गोली समेत हानेको थियो । 

सरकारी जागिरमा आरक्षण सिट खारेजीको माग गर्दै चर्किएको आन्दोलनले थप उग्र रुप लिएको हो ।

विद्यार्थीहरुले देशव्यापी रुपमा सरकारको अबज्ञा गर्न आव्हान गरेपछि आज पनि आन्दोलन जारी छ ।