काठमाडौं - सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसका प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएको छ ।
सूदुरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँसमक्ष काँग्रेस र एमालेका सदस्यहरुको हस्ताक्षरसहितको दावी पेश गर्नुभएको हो ।
काँग्रेस र नेकपा (एमाले) बिच प्रदेश सरकारको नेतृत्व काँग्रेसले गर्ने सहमति बनेपछि उहाँ फेरि मुख्यमन्त्री बन्न लाग्नुभएको हो ।
प्रदेश प्रमुख मियाँले संविधान धारा १६८ को उपधार २ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि आज बेलुका ५ बजेसम्म दाबी पेस गर्न समय सीमा तोक्नुभएको थियो । शाहलाई नेपाली काँग्रेस र एमालेसहित नागरिक उन्मुक्ति पार्टीको पनि समर्थन रहनेछ ।।
0 comment