काठमाडौं - अमेरिकाले सम्भावित आक्रमणबाट इजरायललाई जोगाउन मध्यपूर्वमा थप युद्धपोत र लडाकु विमानहरू तैनाथ गर्ने जनाएको छ । 

इरानमा हमास नेता इस्माइल हनियाह र लेबनानी लडाकु समूह हिजबुल्लाहका प्रमुख कमाण्डरको हत्यालाई लिएर सो क्षेत्रमा तनाव बढेको छ।

मिसाइल रक्षा बलहरू तैनाथ गर्न तयारी अवस्थामा रहेको र इजरायलको रक्षा गर्ने आफ्नो प्रतिबद्धता रहेको पेन्टागनले जनाएको छ । 

इरानका नेता अयातोल्लाह खामेनीले हनियाहको हत्याका लागि इजरायललाई कठोर सजाय दिने बताएका छन् ।
बुधवार तेहरानमा हमास नेता हनियाह मारिएका हुन् । इरानले र हमासले हत्यामा इजरायललाई आरोप लगाएको छ तर इजरायलले भने कुनै प्रतिक्रिया दिएको छैन ।
  
६२ वर्षीय हानियाहलाई हमासको समग्र नेता मानिन्थ्यो र गाजा युद्धमा युद्धविराममा पुग्ने उद्देश्यले भएको वार्तामा महत्वपूर्ण भूमिका खेलेको थियो।
इजरायलले लेबनानमा हिजबुल्लाहका शीर्ष सैन्य कमाण्डर फुआद शुक्रलाई मारेको दाबी गरेको केही घण्टापछि नै उनको हत्या भएको हो।