काठमाडौं - दुई साताअघिको भीषण वर्षापछि उत्तरी चीनको राजमार्गमा पुल भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ भने २४ जना अझै बेपत्ता छन् ।

उक्त पुल जुलाई १९ मा उत्तरी प्रान्त शान्क्सीको शाङ्लुओमा जुलाई १९ मा मुसलधारे वर्षासँगै आएको बाढीका कारण’ आंशिक रूपमा भत्किएको थियो । यो पुलको तीन लेनको खण्ड नदीमा खस्दा २५ वटा सवारीसाधन सँगै बगेका थिए ।

शुक्रबार अधिकारीहरूले मृतकको सङ्ख्या १२ बाट बढाएर ३८ पुर्‍याएका छन् । चौबिस जना अझै बेपत्ता छन् । पुल भत्किँदा २५ वटा सवारीसाधन बगेका छन् । 

चीनको पूर्व र दक्षिणमा भारी वर्षा भइरहेको छ भने उत्तरको अधिकांश भाग लगातार गर्मीको लहरमा डुबेको छ ।

गत मे महिनामा दक्षिणी चीनको एउटा राजमार्ग केही दिनको वर्षापछि भासिँदा ४८ जनाको मृत्यु भएको थियो । यस हप्ताको भारी वर्षाले मध्य चीनमा पनि कम्तीमा ३० जनाको मृत्यु भएको छ ।