काठमाडौं - कर्णाली प्रदेशमा नेपाली कांग्रेसका सांसद राजीवविक्रम शाहको नेतृत्वमा सरकारमा सहभागी भएको छ । उहाको नेतृत्वमा कांग्रेसबाट सुरेश अधिकारी, घनश्याम भण्डारी र विजया बुढा मन्त्री बन्नुभएको छ ।
मन्त्रीहरुको नाम मुख्यमन्त्री यामलाल कँडेललाई बुझाइसकिएको छ ।
शाहले अर्थ मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ भने घनश्याम भण्डारीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै विजया बुढालाई जलस्रोत तथा ऊर्जा मन्त्रालय र सुरेश अधिकारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय दिइएको छ । मुख्यमन्त्री कँडेलले प्रदेश प्रमुखलाई सिफारिस गरी आजै शपथ ग्रहण कार्यक्रम हुने बताइएको छ ।
0 comment