काठमाडौं - नेकपा एमालेले उपाध्यक्षमा गुरुप्रसाद बराल मनोनीत हुनुभएको छ ।

होटल बसेरामा बसेको सचिवालय बैठकले बराललाई उपाध्यक्ष मनोनीत गरेको सो पार्टीले जनाएको छ ।

सुवास नेम्वाङको निधनपछि रिक्त स्थानमा पार्टीले बराललाई मनोनीत गरेको हो ।

बैठकले प्रदेश इन्चार्जहरुको जिम्मेवारी समेत हेरफेर गरेको छ । बैठकले बागमतीमा राजन भट्टराई, कोशी प्रदेशको इन्चार्जमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ,  गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पदमा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको छ । 

यसअघि कोशीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज हुनुहन्थ्यो । बराललाई बढुवा भएर उपाध्यक्ष मनोनित भएकाले इन्चार्जको जिम्मेवारीबाट हटाईएको हो ।

सचिवहरु गोकर्ण, योगेश, रघुबीर र छबिलाल विश्वकर्माले भने चुनाव जितकाले दोहोरो जिम्मेवारी नदिने नीति अन्तर्गत इन्चार्जबाट हटाईएको पार्टीले जनाएको छ ।