काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
लामाले संबिधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न संसदमा राखेको प्रस्ताब बहुमतले पारित भएको हो ।
सभामुख भुवन पाठकले मुख्यमन्त्री लामाले राख्नुभएको विश्वसको मत सम्बन्धि प्रस्ताब बहुमतले पारित भएको घोषणा गर्नुभयो ।
प्रस्ताबको पक्षमा ६४ मत र विपक्षमा ३५ मत खसेको थियो ।
बागमती प्रदेश सभामा रहेका ७ दल मध्य नेपाली कांग्रेस र एमाले दुई दलले मात्रै लामालाई विश्वासको मत दिएका थिए ।
नेमकिपाका ३ सदस्य भने तथस्ट रहेका थिए ।
१ सय १० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभाको आजको बैठकमा १०३ सदस्य मात्रै उपस्थित थिए ।
0 comment