काठमाडौं - भेनेजुएलामा आइतबार भएको विवादित चुनावी नतिजाको विरोधमा प्रदर्शन गरिरहेका मानिसहरूमाथि सुरक्षा बलहरूले अश्रुग्यास र रबरको गोली प्रहार गरेका छन्।
राष्ट्रपति निकोलस मादुरोले आफूले जितेको दाबी गरेपछि भेनेजुएलाको राजधानीमा विरोध प्रदर्शन सुरु भएको छ ।सोमबार साँझ मध्य काराकासमा हजारौं मानिसहरू जम्मा भएका थिए ।
केहि शहर वरपरका पहाडहरूका बस्तीबाट लामो दुरी पैदल यात्रा गर्दै राष्ट्रपति भवन तर्फ लागेका थिए । विपक्षीले मादुरोको विजयको घोषणालाई धाँधली भएको भन्दै आफ्ना उम्मेदवार एडमन्डो गोन्जालेजले ७३ प्रतिशत मत ल्याएर विजयी भएको बताएका छन्।
चुनावअघिको जनमत सर्वेक्षणले पनि प्रतिद्वन्द्वीलाई स्पष्ट जित हुने बताएको थियो ।देशको आर्थिक संकटलाई लिएर व्यापक असन्तुष्टिको बीचमा ११ वर्ष सत्तामा रहेका राष्ट्रपति मादुरोलाई हटाउने प्रयासमा विपक्षी दलहरूले गोन्जालेजलाई उम्मेद्वार बनाएका थिए ।
पश्चिमी र ल्याटिन अमेरिकी मुलुक तथा संयुक्त राष्ट्र लगायत अन्तर्राष्ट्रिय निकायहरूले भेनेजुएलाका अधिकारीहरूलाई मतदान रेकर्डहरू जारी गर्न आह्वान गरेका छन्।
0 comment