काठमाडौं -  भेनेजुएलाको राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति निकोलस मदुरो विजयी भएका छन् । 

नेशनल इलेक्टोरल काउन्सिल (सीएनई) का प्रमुख एल्विस अमोरोसोले ८० प्रतिशत मतगणना सकिदा राष्ट्रपति मादुरोले ५१ प्रतिशत मत प्राप्त गरेको र उनका प्रतिद्धन्द्धिले भने ४४ प्रतिशत मत प्राप्त गरेको बताएका छन् । प्रमुख अमोरोसो मादुरोका नजिकका सहयोगी हुन् । भेनेजुएलाका विपक्षीहरूले भने मतगणनामा व्यापक धाँधली भएको आरोप लगाएका छन् । 

११ वर्ष सत्तामा रहेका मादुरोले कराकसमा हर्षोल्लास गरिरहेका समर्थकहरूलाई सम्बोधन गर्दै शान्ति र स्थिरताको विजय भएको बताए।भेनेजुएलाको निर्वाचन प्रणालीलाई पारदर्शी भन्दै प्रशंसा गरे । 

नतिजा सार्वजनिक भएपछि अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले भेनेजुएलाको राष्ट्रपति चुनावको घोषणा गरेको नतिजाको बारेमा संयुक्त राज्य अमेरिकाको "गम्भीर चासो" रहेको बताएका छन्।