काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन्। 

केन्द्रमा भएको राजनीतिक सत्ता समीकरणको फेरबदलसँगै मुख्यमन्त्री जम्कट्टेल अहिले प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम तय भएको थियो। 

यद्यपि उनले प्रदेशसभा वैठकमा बोल्दै विश्वासको मत नलिगी राजीनामा दिएका हुन। उनले प्रदेशसभाको बैठकमा बोल्दै विश्वासको मत प्राप्त गर्नसक्ने आधार नदेखेपछि मार्गप्रशस्त गर्न राजिनामा दिएको बताए। 

उनले प्रदेशसभाको दोस्रो कार्यकालको १६ महिने अवधिमा २०७९ माघ ३ गते, २०७९ चैत्र १० गते र २०८० चैत १९ गते विश्वासको मत लिई मुख्यमन्त्री भएका थिए।