काठमाडौं - नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौला सत्तापक्षको मुख्य सचेतकमा नियुक्त भएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तौलालाई आज प्रतिनिधिसभामा सत्तापक्षको मुख्य सचेतकमा नियुक्त गरेका हुन्।

बर्तौला यसअघि नेकपा एमालेको सचेतक र प्रमुख सचेतक बनेका थिए।