काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए।
उनका अनुसार प्रधानमन्त्री ओलीले संसद सचिवालयलाई पनि विश्वासको मत लिने कुरा जानकारी गराएका छन्।
संसदको ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओलीले असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। उनले साउन ३२ गते सपथग्रहण गर्दै २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए।
उनले कांग्रेससँगै जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी गराएका छन्। सरकारमा कांग्रेसका १०, एमालेका ८, जनता समाजवादी पार्टीका २ र लोकतान्त्रिक समाजवादी पार्टीका एक मन्त्री सहभागी छन्।
0 comment