काठमाडौं ः एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् गठनका छन् ।  शीतल निवासमा आयोजित विशेष समारोह राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीसहित दुई उपप्रधानमन्त्री र १९ मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।  पद तथा गोपनीयताको शपथ लिएलगत्तै सोमबार प्रधानमन्त्री ओलीले २२ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन्। 

ओली नेतृत्वको सरकारमा कांग्रेसबाट १०, एमालेबाट ८, जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ गरी २१ मन्त्री समेटिएका छन् ।

नेपाली कांग्रेसले एक उपप्रधानसहित १० जना मन्त्री पाएको हो । प्रकाशमान सिंह उपप्रधानसहित सहरी विकास मन्त्री  बनेका छन्। रमेश लेखक  गृह, आरजु राणा देउवा परराष्ट्र, प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या,बद्री प्रसाद पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्डडयन,अजय चौरासिया कानुन न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन्।  दिपक खड्का उर्जा जलस्रोत तथा सिंचाइ, तेजुलाल चौधरी युवा तथा खेलकुद, रामनाथ अधिकारी कृषि तथा पशुपंक्षी विकास र  ऐनबहादुर शाही वन तथा वातावरणमन्त्री नियुक्त भएका छन्।

यसैगरी एमालेबाट एक उपप्रधानसहित ८ जना मन्त्री बनेका छन्। विष्णु पौडेल उपप्रधानमन्त्री एवं अर्थमन्त्री बनेका छन्। पृथ्वी सुब्बा गुरूङ सञ्चार तथा सूचना प्रविधि ,विद्या भट्टराई शिक्षा विज्ञान तथा प्रविधि,दामोदर भण्डारी  उद्योग वाणिज्य तथा आपूर्ति,मानवीर राई रक्षा ,बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी,देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात र राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन्।  एमालेले भण्डारी र अधिकारीलाई पहिलेकै मन्त्रालयको जिम्मेवारी दिएको हो।

लोकतान्त्रिक समाजवादी पार्टीबाट शरद सिंह भण्डारीले श्रम रोजगार तथा सामाजिक मन्त्रालयको जिम्मेवारी  पाएका छन्। ओली नेतृत्वको सरकारमा जनता समाजवादी पार्टीबाट दुईजनाले मन्त्री बन्ने मौका पाएका छन्।  प्रदीप यादव खानेपानी मन्त्री र नवल किशोर साह (सूडी) महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेका हुन्। यादव यसअघि पुष्पकमल दाहाल ुप्रचण्ड, नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए। गत बैशाख २३ गते  जसपा नेपाल फुटेर जसपा बनेपछि उनी स्वास्थ्यमन्त्री बनेका थिए।

मन्त्रिमण्डल गठन गर्दा प्रधानमन्त्री ओलीले समावेशीलाई प्राथमिकतामा राख्न सकेनन्। संसदका दुई ठूला दल एमाले र कांग्रेस दुवैले दलित समुदायलाई समेट्न सकेनन्। कांग्रेसको संस्थापन इतरपक्ष डा। शेखर कोइराला पक्षबाट जीवन परियारलाई सरकारमा पठाउने चर्चा भएपनि अन्तिममा उनलाई पठाएन।

यस्तो छ ओली मन्त्रिपरिषद्

प्रकाशमान सिंह – उपप्रधान एवम् सहरी विकास मन्त्रालय

विष्णु पौडेल –उपप्रधान एवम् अर्थ मन्त्रालय

पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

रमेश लेखक – गृह मन्त्रालय

शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

आरजु राणा – परराष्ट्र मन्त्रालय

प्रदीप पौडेल – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

रामनाथ अधिकारी – कृषि तथा पशुपक्षी मन्त्रालय

प्रदीप यादव – खानेपानी मन्त्रालय

बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

दामोदर भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

तेजुलाल चौधरी – युवा तथा खेलकुद मन्त्रालय

अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय

विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

मानवीर राई – रक्षा मन्त्रालय

दीपक खड्का – ऊर्जा, सिचाइँ तथा जलस्रोत मन्त्रालय

राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

ऐनबहादुर शाही – वन तथा वातावरण मन्त्रालय

प्रधानमन्त्री नियुक्त भएकोमा केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिएका छन्। भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई शुभकामना दिएका हुन्।

उनले दुई देशबीचको मित्रतालाई थप बलियो बनाउन नजिकबाट काम गर्न आफू तयार रहेको बताएका छन्।  दुई मुलुकका जनताको प्रगति र समृद्धिका लागि दुवै पक्षलाई लाभ हुनेगरी काम गर्नुपर्नेमा उनको जोड छ।  प्रधानमन्त्री मोदीले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुनेमा विश्वास व्यक्त गरेका छन्।