काठमाडौं ।
मोहन बैद्य किरणले नेतृत्व गरेको क्रन्तिकारी कम्युनिष्ट पार्टी नेपालले वर्तमान संविधान संशोधन हैन खारेज नै गर्नुपर्ने बताएको छ । अहिलेको संविधान खारेज गरी जनगणतान्त्रिक संविधान निमार्ण गर्ने अभियान चलाउनु पर्ने बताएको हो । संयोजक मोहन बैद्य किरणले एक विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस र नेकपा एमालेबिचको गठबन्धनले संविधान संशोधन गर्ने सहमति गरेको भनेर कतिपय नेताले भन्दै आएको अवस्थालाई लक्षित गर्दै देश र जनताको समस्या समाधान गर्न नभएर साम्राज्यवाद र विस्तारवादले आफ्नो स्वार्थ पूरा गर्न यो एजेन्डा उठाएको जिकिर किरणको रहेको छ ।
समस्याको समाधान यो संविधानको संशोधन होइन, यसको पूर्ण खारेजी र त्यसका ठाउँमा जनगणतान्त्रिक संविधान निर्माण हो,’ किरणद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
वर्तमान राजनीतिक अस्तव्यस्तता कुनै एउटा अमुक संसदवादी पार्टी वा गठबन्धनको असफलताको कारणले पैदा भएको हैन प्रतिक्रियावादी सत्ता तथा संसदीय व्यवस्थाको असफलताको परिणाम रहेको संयोजक किरणको बुझाइ छ । देश र जनताले विगतदेखि निरन्तर भोग्दै आएका समस्या आज एउटा गठबन्धनका ठाउँमा अर्को गठबन्धन खडा गरेर समाधान हुन्छ भनेर विश्वास गर्नु हामी आफैको बम्जोरी हो किरणले भनेका छन ।
संसद्मा पहिलो र दोस्रो स्थानमा रहेका संसदवादी राजनीतिक दलहरूका बिचमा बनेको नयाँ गठबन्धन संसदीय व्यवस्थाको आम मान्यता विपरीत मात्र छैन, यसले आउने दिनमा देशलाई थप फासीवादको दिशामा लैजाने कुरामा सबैले बुझ्न जरुरी भएको पनि किरणको भनाइ छ ।
0 comment