काठमाडौं - बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । 

बागमती सरकारलाई दिएको समर्थन फिर्ता लिँदै वर्तमान सरकारमा रहेका एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् । 

सोमबार बिहान मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई सामूहिक राजीनामा बुझाएर एमाले सरकारबाट बाहिरिएको हो । 

मुख्यमन्त्री जम्मकट्टेलको नेतृत्वको सरकारमा रहेका बागमती एमाले संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया,वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ,खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री प्रकाश श्रेष्ठ रहेका थिए ।

एमाले सरकारबाट बाहिरिएसँगै बागमतीमा मुख्यमन्त्री जम्मकट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ । केन्द्रमा एमाले र कांग्रेसबीच भएको सहमतिअनुसार एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

नेपाली र एमालेले नयाँ गठबन्धनसहित राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने सहमति गरेसँगै त्यसको प्रभाव प्रदेश सरकारमा परेको हो।