डि. राज कोइराला
स्व. राजा बिरेन्द्रकाे शान्तिक्षत्रकाे प्रस्ताव मार्फत टिष्टा कागडा फिर्ता ल्याउने प्रयाशलालाई तुहाउन लागिपरेकाे भारतलाई बिन्ति गर्दै शरण पर्न पुगेका तात्कालिन नेपालका अराष्ट्रिय तत्वहरुले टिष्टा काङ्गडाकाे त के कुरा पछि भारतमा मिलाउन सजिलाे हुने गरी नेपालकाे तराइलाईनै भारतमय बनाइ दिन्छाै, नेपालकाे “राष्ट्रियता बाेधक शब्द नेपाली” पनि भारतलाई दिने छाै र यस्ता बिषयमा नेपालीहरुकाे आवाज उठ्न गएमा टेरराइज गरेर भए पनि त्यस्ता अवाजहरु बन्द गरिदिने छाै ।
अरु पनि भारतीय चाहना पुरा गर्ने प्रण गर्छाै भन्ने बाेलकबाेल गरेर बहुदल ल्याउन सफल भएका नाइके मध्ये गिरिजा प्रसाद काेइरालाले नेपालकाे प्रधानमन्त्री बन्नासाथ तराइमा रहेका लाखाै लाख भारतीय नागरिकहरुलाई नेपाली नागरिकता दिएर तराईलाई भारतमय बनाइ दिएकै हाे भनेअर्का नाइके मनमाेहन अधिकारी प्रधानमन्त्री बन्नासाथ भारत पुगेर टिष्टा कागडा भित्रका सम्पूर्ण भूभागहरुलाई भारतकै हुन नेपालका हाेइनन भन्ने पहिलेकाे बाेल कबाेल बमाेजिम सदाकालागि भारतलाई नै सुम्पने उद्देश्य राखेर दार्जीलिङ् पश्चिमबगालकाे अभिन्न अङ्ग हाे भनेर राष्ट्रघात गर्दै भारतलाई बहुदल ल्याइमाग्दा दिएकाे वचन पुरा गरेर देखाएकै हाे ।
[ स्मरण हाेस त्याे समयमा दार्जीलिङ्मा सुवास घिसिङ्गकाे नेतृत्वमा चलेकाे गाेर्खाल्याण्ड आन्दाेलनका सिलसिलामा मेची र टिष्टा नदीका बीचमा रहेकाे दार्जीलिङ् लगायतका भूभागहरु ३१ जुलाई १९५० काे नेपाल भारत मैत्री तथा शान्ति सन्धिकाे धारा ८ अनुसारकाे कागज प्रमाणले नेपालकाे देखिन आएकाे भूभागमा, सन् १९४७ काे अगष्ट महिनाकाे १४ देखि १८ सम्म दार्जीलिङ्काे क्यापिटल हलमा पाकिस्थानकाे झण्डा फहराए पनि भारतकाे भाेगचलनमा भएकाले याे जमिनकाे असली मालिक काे हाे ? दावा गरियाेस, खुट्याइयाेस भनेर सुवास घिसिङ्गले नेपालका प्रधानमन्त्री गिरिजा प्रसाद काेइराला र भारतका प्रधानमन्त्री नरसिह रावलाई १२ जनवरी १९९२ पत्राचार गरी दुवै प्रधानमन्त्रीहरुवाट दावा गरेकाे जवाफ नआएकाले भारतकाे सुप्रिम काेर्टमा मुद्दा दायर गरेकाे अवस्थाकाे सेराेफेराेकाे सिलसिलामा नै थियाे ] ।
नेपालकाे तराईलाई भारतमय बनाउन सफल गिरिजा प्रसाद काेइराला र दार्जीलिङ्लाई भारतकाे पश्र्चिमबगाल राज्यकाे अभिन्न अङ्ग हाे भन्न सक्ने मनमाेहन अधिकारी जस्ता राष्ट्रद्राेही देशकाे स्वाभिमान नै बेच्नसक्ने राष्ट्रघातीहरुलाई आदर्श पुरुष मान्दै आएका काग्रेस एमाले र दिल्लीकाे बरद आशिर्वादले १२ बुँदे सम्झाैता गरेर सुरक्षित अवतरण भएकाे तथा जसरी भए पनि सत्ताकै वरिपरि बसेर ब्रम्हलुट मचाउने बानी परेकाे माअाेवादी पार्टी जस्ता अरुअरु पार्टीहरुले पनि टिष्टा काङ्गडा भित्रकाे भुभाग भारतबाट फिर्ता ल्याउलान भनेर उनिहरुका पछि लाग्ने हामी नेपाली नागरिकहरु र झर्ला र खाउँला भन्दै साँढे गाेरुका पछि लाग्ने स्यालकाे अवस्था उस्तै हाेईन र ?
यसैले भारतबाट टिष्टा काङ्गडा फिर्ता ल्याउने काम गर्न अब भने ढिलढाल नगरी हामी नेपाली नागरिकहरुले काँधमा काँध मिलाएर अघि बढ्ने दिन आइसकेकाे छ ।। जय राष्ट्र । जय राष्ट्रवाद ।।
जय गोरखनाथ । जय गोर्खा ।


0 comment