काठमाडौं - मधेश प्रदेशका मुख्यमन्त्री सतिषकुमार सिंहले ६ मन्त्रीलाई बर्खास्त गरेका छन् । 

मुख्यमन्त्री सिंहले मन्त्रीसँग राजीनामा मागेपनि नदिएपछि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टीबाट मन्त्री भएकालाई बर्खास्त गरेका हुन्।

सिंहले माओवादी केन्द्रका अर्थमन्त्री भरतप्रसाद साह, पर्यटन मन्त्री समीर भट्टराई, नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता तथा कृषि मन्त्री गोविन्द न्यौपाने, उर्जा सिचाई तथा खानेपानी मन्त्री बेची लुङ्गेली, नागरिक उन्मुक्ति पार्टीकी श्रम तथा यातायात मन्त्री उर्मिला देबि सिंह र गृह तथा सञ्चार मन्त्री बिमला अन्सारीलाई बर्खास्त गरेका हुन्।

उनीहरुलाई बर्खास्त गरेर नेपाली काङ्ग्रेसका ४ मन्त्री र लोसपाको तर्फबाट २ मन्त्रीलाई सरकारमा सहभागी गराउन सत्ता पक्ष लागि परेको छ। मन्त्री बर्खास्त र मन्त्रिपरिषद् पुनर्गठनको पत्र लिएर मुख्यमन्त्री सिंह प्रदेश प्रमुख कार्यालयमा पुगेका छन्।