काठमाडौं - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सकारलाई दिएको समर्थन फिर्ता लिएको छ। 

पार्टीको निर्णयअनुसार शुक्रबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको अध्यक्ष एवं संसदीय दलका नेता राईले जानकारी दिएका छन्।

त्यस्तै जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री दाहाल समक्ष राजीनामा बुझाएका हुन्। 

राई नेतृत्वको पार्टीले पनि कांग्रेस-एमाले सम्मिलित राष्ट्रिय सरकारमा सहभागी हुने बताइसकेको छ। नयाँ गठबन्धनमा आबद्ध हुनका लागि जसपाले दाहाल नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको हो।