काठमाडौं - प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित भएको छ । 

बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका हुन्।

उक्त विधेयकमाथिको छलफलमा सांसदहरु प्रेम सुवाल, डा .प्रशाकशरण महत, दीलेन्द्रप्रसाद बडू र किरणकुमार साहले भाग लिएका थिए। छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले करका कानुनलाई वैज्ञानिक एवं लगानीमैत्री र पारदर्शी बनाउन आर्थिक विधेयकमा सामान्य हेरफेरको प्रस्ताव गरिएको बताएका थिए।

त्यसअघि उक्त विधेयकमाथि सांसद सुवाल र महतले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।